Lumbini Rise
पूर्वसांसद रामचन्द्र भट्टराईको निधन

रुपन्देही -  पूर्वसांसद रामचन्द्र भट्टराईको  निधन भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ३ मा बस्दै आएका ८३ वर्षीय भट्टराई निवासमै मंगलबार दिउँसो निधन भएको हो ।

श्रीमती मैया भट्टराईको निधन भएको एक वर्षमै रामचन्द्रको निधन भएको हो । तीन छोरा र दुई छोरी भएका भट्टराई राष्ट्रिय सभा सदस्य भएका थिए ।

नेपाली कम्युनिष्ट आन्दोलन, नेपाली साहित्य क्षेत्रका स्थापित उनका थुप्रै प्रकाशित र अप्रकाशित कृतिहरु रहेका छन् । उनी लामो समय पत्रकारितामा जोडिएर राजनीति तथा साहित्य लेखनमा लागेका हुन् ।

मंगलबार बिहान खाना खाएर दिउँसो घरमै आराम भएका उनी कोही नभएको समयमा अचेत भएपछि भाडामा बस्नेले आफन्तलाई खबर गरेका थिए ।

उनका छोरी ज्वाइँ हरि ज्ञवालीका अनुसार बेहोस अवस्थामा पाएपछि अस्पताल लगिँदा डक्टरले मृत घोषणा गरेका हुन् ।

छोराहरू काठमाडौं भएकाले जुटेर बुधवार स्थानीय मगर घाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । उनी प्रगतिशील कवि, गीतकार हुन् । राष्ट्रिय जनसांस्कृतिक मञ्चका संस्थापक महासचिव समेत रहेका भट्टराई वरिष्ठ पत्रकार कुसुम भट्टराईका बुबा हुन् ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update