Lumbini Rise
दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

लुम्बिनी -  लुम्बिनी प्रदेशसभामा पेश भएकाे दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल बुधबार सकिएको छ ।

प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा बुधबार दलित अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।

प्रदेश सरकार सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । 

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ समेतमन्त्री तिमिल्सिनाले दिए । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य इन्द्रजित थारु, लोककुमारी विश्वकर्मा र विष्णु पन्थीले भाग लिए।  उक्त अवसरमा विधेयकले अधिकारलाइ खुम्च्याउने काम भएकाे बताएका थिए ।

 बैठकमा प्रदेशसभा सदस्य यमबहादुर सार्की, रत्नबहादुर खत्री, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, इन्द्रजित थारु र भोजप्रसाद श्रेष्ठले समसामयिक विषयमा धारणा राखे । प्रदेशसभाको अर्को बैठक माघ २० गते बस्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update