Lumbini Rise
म गफ गर्दिन, काम गरेर देखाउँछु : चुन्न प्रसाद पाैडेल

बुटवल -आगामी फाल्गुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस रूपन्देही क्षेत्र न २ अन्तर्गत बुटवल वार्ड नम्बर ११ मा प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ ।

कार्यालयको बुटवल ११ देबिनगर चौपारिछेउमा प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार चुन्न प्रसाद पौडेलले रिबन काटेर उदघाटनगर्नुभयो । सो कार्यालयमा अबदेखि दैनिक  प्रचारप्रसारको काम गरिनेछ ।

उम्मेदवार पौडेलले बुटवलको बिकास र सुकुमबासीलाइ लालपूर्जा बितरण गर्ने बताउनुभयो। उहाले आफूले गफ नगर्ने तर काम गरेर देखाउने दाबि गर्नुभयो।जनताले विश्वासका साथ बिजयी बनाएर संसदमा पठाउने उहांको भनाइ छ । 

सो अवसरमा केन्द्रिय सदस्य रामबहादुर कार्कीले कांग्रेस बदलिएर आएको र अब मुलुक बदल्न कांग्रेसलाइ जिताउन आग्रह गर्नुभयो ।

प्रदेशकोषाध्यक्ष प्रकाश रानाले अहिले नया भनिएका दलहरूको कुनै एजेण्डा नै नभएको तर्क गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य जमुना ढकाल,समानुपातिक उम्मेदवार रिता सेन ओली,महाधिवेशन प्रतिनिधि काजिमान श्रेष्ठ ,क्षेत्रिय सभापति प्रजापाल गिरी,वडा सभापति जितबहादुरमल्ल ,सचिव यज्ञप्रसाद न्यौपाने लगायतले बोल्दै बुटवललाइ बिकास गरेर नमुना बनाउने बताए ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update