बुटवल– नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री तथा रुपन्देही निर्वाचन क्षेत्र न. २ का उम्मेद्वार विष्णुप्रसाद पौडेलले अहिलेको निर्वाचन राजनीतिक दलका लागि समिक्षाको निर्वाचन हुने बताएका छन् ।
निर्वाचनका सन्दर्भममा बुटवलमा रहेका पौडेलले विहिबार साहित्यकार तथा लेखकहरुसँगको भेटघाटमा बोल्दै उनले जेनजी आन्दोलन पछि सबै समिक्षाको कठघरामा रहेको बताएका हुन् । उनले भदौ २३ र २४ गतेको घटना समेत समिक्षामा रहेको बताए । ‘घटनादेखि दल मतदाताको समिक्षाको निर्णयमा छौं’ उनले भने –‘म स्वयम समिक्षाको कठघरामा छु।’
भेटघाटका क्रममा अध्येता रामचन्द्र श्रेष्ठले भदौ २३ र २४ को जेनजी घटना र राजनीतिक बिषयमा कम बोलेको बिषयमा जिज्ञासा राखेपछि उम्मेद्वार पौडेलले आफू राजनीतिमा ठिम्क मात्रै बोलेको बताए । ‘राजनीतिमा बोल्दीन भन्ने त हुँदैन, बोल्छु तर ठिक्क बोल्दा पुग्छ नी भनेर हो’ उनले भने ।
उनले उनले नयाँ र पूराना भन्ने चर्चाका सन्दर्भममा रिफर्म नेतृत्वसँगै नीतिमा पनि जरुरी रहेको बताए । ‘पोलिसि र लिडरसिप दुवैको रिफर्म गर्नुपर्छ’ उनले भने । उनले नेतृत्व रुपान्तरणका बिषयमा आलोचनाका कोणहरु पनि रहेको बताउँदै आफू सबै आलोचनालाई स्वागत गर्ने बताए ।
उनले आफू रुपन्देहीको विकासमा निरन्तर लागि पर्ने बताए । उनले अधुरा आयोजनाहरुलाई पूरा गर्ने योजना रहेको बताए ।
छलफलमा पाठक मञ्चका कृष्ण पाण्डे, डा. मनोज ढुंगाना, लेखक मनिकर कार्की, माधव पाैडेल, माधव गौतम,रमेश पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

