Lumbini Rise
वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको सोही अस्पतालमा निधन भएको हो । उनी हिजो समेत फिल्मको सुटिङमा थिए।

२७ चैतमा रिलिज हुने ‘राम नाम सत्य’को शुक्रबार थापा सुटिङ सकेर फर्किएका थिए। तर सोही फिल्मको सुटिङ नसक्की थापाको निधन भयो।

उनी नेपाली फिल्ममा खलनायक दृश्यमा स्थापित कलाकार हुन्। उनी फिल्मी जगतमा राते काइला नामले पनि परिचित छन्।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update