Lumbini Rise
कपिलबस्तुमा १ मा छोरा बागी उठ्दा पूर्वराजदुत दीपकुमार सहित १९ जनालाई काँग्रेसले गर्यो कारवाही

कपिलबस्तु- कपिलवस्तु कांग्रेसले बागी उम्मेदार आशिष शर्मासहित १९ जनालाई निष्कासन गरेको छ । पार्टीको आधिकारिक निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका शर्मासहित १९ जनालाई निष्कासन गर्न सिफारिस गरेको हो । आशिष पूर्व राजदूत तथा काँग्रेस नेता दीपकुमार उपाध्यायका छोरा हुन् ।  

तौलिहवास्थित पार्टी कार्यालयमा बसेको बैठकले आधिकारिकविरुद्ध बागी उम्मेदवारलाई पार्टीको साधारण सदस्य नरहने गरी पाँच वर्षसम्म निष्कासन गर्ने निर्णय गरेको हो । साथै कारबाही अनुमोदनका लागि पार्टीको लुम्बिनी प्रदेश कार्य समिति तथा केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णयसमेत गरिएको छ ।

कारबाही सिफारिसमा परेकामध्ये पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय, महासमिति सदस्यहरू राजेश बहादुर सिंह, कमल टण्डन, विष्णु न्यौपाने, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरू हरिराज घिमिरे, कमलराज आचार्य, क्षेत्र नं १ (क) का प्रदेश सभापति दुर्गा केसी, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, क्षेत्र नम्बर १ (क) प्रदेश सदस्य विनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्रधर द्विवेदी, बाणगंगा नगरपालिका वडा नं ६ का बुथ इकाई सभापति अनिल पाण्डे, क्षेत्रीय प्रतिनिधिहरू सरजु प्रसाद चौधरी, तिलकराम पाण्डे, परमेश्वर पाठक, चर्तुभुजीमणि त्रिपाठी र मिथिला शर्मा छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update