Lumbini Rise
‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी देशभर भव्यरूपमा मनाइँदै

बुटवल- आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी देशभर भव्यरूपमा मनाइँदैछ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा सुरु भएको छ ।

बिहीबार बिहान टुँडिखेलमा सुरु भएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्री, प्रधानसेनापतिलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति छ ।

शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

आजकै दिन तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र प्राप्त भएको घोषणा गर्नु भएको थियो । नेपाली काँग्रेसको आह्वानमा भएको सशस्त्र क्रान्तिबाट राणा शासनको अन्त्य भएको थियो ।

यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष नेताहरूले देशवासीलाई शुभकामना दिनु भएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update