Lumbini Rise
पुरानाको नालायकीका कारण मुलुक संकटमा : घनश्याम भुसाल 

बुटवल - नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पार्टीका नेतृत्वहरुको नालायकीका कारण मुलुकमा वर्तमान संकट देखा परेको बताएका छन् । उनले नवयुवाहरुको प्रदर्शन मूलपार्टीका नेतृत्वहरुको नालायीका कारण उत्पन्न भएको बताए ।

नेपाल कम्यूनिष्ट पार्टी (संयुक्त)का उम्मेद्वारहरुको प्रचारका लागि रुपन्देही आएका कार्यवाहक अध्यक्ष भुसालले विहिबार बुटवलमा बोल्दै अब इतिहासको समिक्षा गर्दै नयाँ मोडमा पुग्नुपर्ने बताए । उनले पुरानाहरुको नाालायीपनले नयाँ दलको उदय भएपनि त्यसबाट पनि निकास निस्कन नसक्ने बताए । 

मुलुक राजनीतिक रुपमा निकै ठूलो मोडमा रहेको बताउँदै आफूहरु जनता ब्यूझाउन चुनावी मैदानमा उत्रेको बताए । इतिहासमा नालायकीहरुको समिक्षा गर्दै मुलुकको संकटबाट बचाउने गरी लाग्नुपर्नेमा जोड दिए । उनले आफू कम्यूनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको बताउँदै त्यस्तो अवस्था नभएपछि मुलुक र जनतालाई केन्द्रमा राखेर नेकपा संयुक्त जन्मेको बताए । उनले आफ्ना उम्मेद्वारहरुलाई जनता ब्यूझाउने गरी चुनावमा होमिन आग्रह गरेका छन् ।

कार्यकर्ता भेटघाटकार्यक्रमा नेकपा (संयुक्त) केन्द्रीय नेता नन्दलाल बन्जाडे, कृष्ण भुसाल, श्रीराम यादव, गोपाल नेपाल, जिल्ला अध्यक्ष हिराध्वज शाह, समानुपातिक उम्मेद्वार अविराम विक लगायतकाे उपस्थिति रहेकाे थियाे ।  रुपन्देहीका नेकपा (संयुक्त) का तर्फबाट क्षेत्र न. १ मा रामचन्द्र भट्टराई, क्षेत्र नम्बर ३ मा राजु गौडेल र क्षेत्र ४ मा फणिन्द्र तिवारी चुनावी मैदानमा रहेका छन् भने समानुपातिक रुपन्देहीबाट अविराम विक, मिरा श्रेष्ठ, मुक्तिनारायाण चौधरी, लक्ष्मी शर्मा, सन्दिप केवट रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update