Lumbini Rise
प्रधानमन्त्री सुशीला कार्की  बुटवलमा, चुनावी माहाेल बुझ्ने

बुटवल - प्रधानमन्त्री सुशीला कार्की शुक्रबार साँझ बुटवल आएकी छन् । गण्डकी प्रदेशको मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरी स्थानीय स्तरमा चुनावी अवस्था बुझ्दै प्रधानमन्त्री कार्की शुक्रबार नै बुटवल आएकी हुन् ।

चुनावी माहोल बुझ्न र आवश्यक सुरक्षा रणनीति तयार गर्न यहाँ आएकाे बुझिएको छ ।  प्रधानमन्त्री कार्कीले शुक्रबार नै पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरूसँग चुनावी तयारी, संवेदनशीलता र आवश्यक रणनीतिको विषयमा जानकारी लिनुका साथै छलफल गरेकी थिइन् । शनिबार बिहान लुम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख, निर्वाचनमा खटिने सुरक्षाकर्मी, सरोकारवालाहरूसँग बुटवलमा छलफलको कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले चुनावी वातावरणको समग्र रूपमा अध्ययन, निरीक्षण, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारीको मनोबल वृद्धि, सरकारको चुनावी सन्देश तल्लो तहसम्म पुर्‍याउने र निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने माहोल तयार गर्नका लागि प्रधानमन्त्रीको अध्ययन निरीक्षणको कार्यतालिका अनुसार बुटवल आइपुगेको बताए ।

‘शुक्रबार मुस्ताङसहित गण्डकी प्रदेशस्तरीय निरीक्षण र छलफल सकेर बुटवल आइपुगेका हौं,’ उनले भने, ‘शनिबार बुटवलमा चुनावी तयारी र सुरक्षा योजनाको विषयमा लुम्बिनी प्रदेश स्तरीय छलफल हुनेछ ।’

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update