Lumbini Rise
उज्यालो नेपाल पार्टीका युवा उम्मेदबार सुरज पाण्डे नयाँ रुपमा घरदैलाैमा

बुटवल- उज्यालो नेपाल पार्टीका युवा उम्मेदबार ईन्जिनियर सुरज पाण्डेले नयाँ रुपमा मत मागेका छन् । उनले भड्किलो प्रचारभन्दा पनि सरल र सादगीपूर्ण तर प्रविधिमैत्री प्रचारमा व्यस्त भएका हुन् । 

उनी सामाजिक संजालमा आफना आठ मुख्य एजेण्डाको भिडियो तयार गरेर प्रस्तुत गरेका छन । उनको यो प्रचार शैली अहिले धेरैलाई नौलो तर उत्कृष्ट लागेको छ । घरदैलोमा रहेका उनि बुधबारदेखि भने फेरि फरक ढंगमा भेटिए ।

बुधबार भाटभटेनी नजिक भएको कोणसभामा उनले डिजिटल भिडियो डिस्प्लेमार्फत पार्टीको घोषणापत्र र यो क्षेत्रको विकासमा बुनेका योजनाहरु प्रस्तुत गरे । धेरै मतदाताहरु उनको यो काममा आर्कषित भए ।

एक हप्ता उनि आफनो निर्वाचन क्षेत्रको बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा नगरपालिकाका मुख्य चोकहरुमा यसरी नै आफनो कुरा सुनाउदै हिडेका छन ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update