बुटवल- रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा ले घरदैलो अभियानको छैटौँ दिन पनि मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिएका छन् ।
छैटौँ दिनको अभियान बिहान बुटवल उपमहानगरपालिका–९ अन्तर्गत नेपालगन्ज रोडको कालिका मन्दिरबाट सुरु भएको थियो । त्यहाँबाट कालिकापथका विभिन्न टोल, मिलनचोक, तिनकुने चोक हुँदै कालिकापथ शिवालयसम्म पुगेर उनले मतदातासँग भेटघाट गरे ।
स्थानीयले विशेषगरी कालिकापथ क्षेत्रमा रात्रीकालीन बजार व्यवस्थित गर्नुपर्ने, खानेपानीको समस्या समाधान गर्नुपर्ने तथा सुरक्षित र सहज व्यापारिक वातावरण बनाउनुपर्ने माग अघि सारेका थिए । व्यवसायीहरूले बजार व्यवस्थापन, सडक बत्ती र सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए ।उम्मेदवार शर्माले कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहो¥याउँदै आवश्यक पूर्वाधार सुधारमा पहल गर्ने बताए ।
छैटौँ दिनसम्म आइपुग्दा जनताको उत्साहले अझ जिम्मेवारी बढाएको छ उनले भने ।अभियानमा नेपाली काङ्ग्रेसकी समानुपातिक उम्मेदवार रिता सेन ओलिले जनताको घरदैलोमा पुगेर सुझाव लिनु नै लोकतन्त्रको सुन्दर अभ्यास भएको बताइन् । समानुपातिक प्रणालीमार्फत समावेशी आवाज संसदमा पु¥याउने हाम्रो दायित्व हो ओलीले भनिन् ।
त्यसैगरी दिउँसो १ बजेपछि अभियान बुटवल उपमहानगरपालिका–११ तर्फ मोडिएको थियो ।कालिकानगर सर्भिस लेनबाट सुरु भएको घरदैलो होराइजन चोक, योगीकुटी, माझगाउँ, देवीनगर हुँदै तल्लो देवीनगरसम्म पुगेको थियो ।वडा नं. ११ का बासिन्दाले सडक स्तरोन्नति, ढल निकास, खानेपानी र सहरी पूर्वाधार सुधारको माग राखेका थिए । उम्मेदवारहरूले स्थानीय तहसँग समन्वय गरी चरणबद्ध रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश
निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली बुटवलका १५० युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।आइतबार नेपाली कांग्रेसका ४० बर्ष मुनिका युवा भेलामा १५० जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।नव प्रवेशीहरूलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले पार्टीमा स्वागत गरेका हुन् ।
सो अवसरमा बोल्दै रानाले २०४८ सालभन्दा अघि टेलिफोन समेत नभएको अवस्थामा कांग्रेस नेतृत्वको सरकारले ल्याएको संचार नीतिका कारण अहिले हातहातमा मोबाइल,भौतिक पुर्वाधार विकास,शिक्षा नीति स्वास्थ्य नीतिका कारण विकास निर्माणले गति लिएको बताए ।
सो अवसरमा युवा नेता सुनिल शर्माले जेनजी आन्दोलन भ्रष्टाचारको अन्त्य र नेताहरूको अस्वभाविक रहनसहन बिरूद्व रहेको बताए । उनले सामाजिक सञ्चाल मार्फत सेलिब्रेटी भएर मात्रै देश चलाउन नसकिने बताए । देश रेश र्याप,उखान टुक्काले देश नचल्ने र भिजन चाहिने बताए ।
कार्यक्रममा अध्यक्ष विजय गुरूङ, प्रशिक्षण विभाग सदस्य सचिव बालकृष्ण पौडेल,प्रदेश प्रतिनिधि नरेश कुमार पुन,बिद्यार्थी नेता सुदिप शर्मा,,नेविसंघ केन्द्रीय सदस्य अशोक गौतम, राजु रास्के लगायतले बोल्दै जेनजी आन्दोलनपछि परिवर्तन भएको दल नेपाली कांग्रेस मात्रै भएको उनीहरुको भनाइ छ ।कार्यक्रममा चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।

