Lumbini Rise
हामीसँग योजना छ, हामी बनाउँछौं देश : गगन थापा


बुटवल- नेपाली काँग्रेसका सभापती गगनकुमार थापाले फेरी पनि निषेधको राजनीति गरिए मुलुक अर्को दुर्घटनामा जाने बताएका छन् । नेपाली काँग्रेस रुपन्देहीले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले सबैलाई लिएर जाने तागत काँग्रेससँग मात्रै रहेको बताएका हुन् ।

‘म असल बाँकी खराब भन्ने मनोवृतिले देश फेरी द्धन्द्धमा जान्छ’ उनले भने । थापाले काँग्रेसको नेतृत्वमा अबको ५ बर्ष देशले गति लिने दावी समेत गरे । उनले गाडी दुर्घटनामा नपारी गन्तव्यमा पुर्‍याउने समेत बताए ।‘ देश बनाउने भनेको एक्लै होईन, एमाले पनि चाहिन्छ, माओवादी पनि चाहिन्छ, रास्वपा पनि चाहिन्छ’ थापाले भने –‘हामी सबैलाई एउटै गाडीमा लिएर जान्छौं, देश बनाउँछौं ।’ 

उनले आफूहरुले ७ वर्ष दिनरात प्रजेक्ट गर्भमेन्ट भनेर काम गरेको बताउँदै बल्ल देश बनाउने नेतृत्वमा आइपुगेको बताए । ‘किसानले मल पाउनेदेखि पहाडमा बाँदर लखेट्नेसम्मको योजना बनाएका छौं’ सभापती थापाले भने –‘अब तपाईहरु घरघरमा पुगेर भोट माग्नुस्, नौजवानसँग हात जोडेर पुग्नुस् र देश हामी बनाउँछौं भन्नुस्’ उनले भने । थापाले महाधिवेशनबाट आफूहरुले विगतमा भएका खराब कुरा छाड्ने संकल्प गरेको समेत बताए ।  

उनले समस्याहरुलाई एउटै कोणबाट मात्रै हेर्न नहुनेमा जोड दिए । लुम्बिनीका पहाडी क्षेत्रहरुमा बाटाहरु बनेको भएपनि मानिसहरु रितिदै गएको बताए । ‘ बुटवल सहरलाई पहाडको अर्थतन्त्रसँग जोड्नुपर्छ, पहाडका जमिन बाँझो रहेको बिषयमा हाम्रो ध्यान पुगेको छ’ उनले भने  । 


थापाले प्रत्येक कुराको समस्याको कारण व्यक्तिलाई मात्रै नठान्न समेत आग्रह गरे । उनले उत्तेजनाको राजनीतिमा नबहकिन समेत कार्यकर्तालाई अनुरोध गरे । थापाले मोबाईको भ्रममा नपर्न समेत आग्रह गरे । ‘सडक समयमा बनेको छैन, ४१ वटा कानुन बदल्नुपर्छ तर अर्को साथी सडक नबनाउनेलाई झुन्ड्याउँछु भन्नुहुन्छ त्यसरी विकास हुँदैन’ उनले भने  । 

सभामा नेपाली काँग्रेसबाट रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वार, पार्टीका उपसभापती पुष्पा भुसाल, नेता बालकृष्ण खाँण लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update