Lumbini Rise
नियन्त्रणमा आयो दाउरा थकालीमा लागेको आगो

काठमाडौं - पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आगलागी भएको केही समयमा आगो नियन्त्रणमा लिइएको हो । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

 

 

आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए । दाउरा थकाली बाहेक अन्य ठाउँहरूमा भने क्षति भएको छ ।

एसपी गौतमका अनुसार विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ । कुनै मानवीय क्षति भने भएको छैन ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update