बुटवल- रुपन्देहीका विभिन्न ठाउँबाट निर्वाचन आचारसंहिता विरुद्ध क्रियाकलाप गरेको आरोपमा २१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आचारसंहिता विरुद्ध मदिराजन्य पदार्थ विक्रीवितरण तथा सेवन गरेको आरोपमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ बुद्धचोक स्थितबाट रेष्टुरेन्टका संचालक सहित ९ जना र मायादेवी गाउँपालिका वडा नं. ५ गोनाहा चोक स्थित मदिरा पसलबा Dami र इश्क नाम लेखेको मदिरा ११० बोतल मदिरा नियन्त्रणमा लिएको छ ।
यसैगरी शुद्धोधन गाउँपालिका वडा नं. ७ भगलापुर रवडा नम्बर ३ सियाभार स्थितबाट रेष्टुरेन्टका संचालक २ जना गरी ११ जनालाई निर्वाचन अचार संहिता बिपरीत मदिरा बिक्री बितरण तथा सेवन गरिरहेको अबस्थामा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । निर्वाचन अचार संहिता बिपरित गर्ने ब्यक्तिहरुलाई निरन्तर निगरानी भईरहेको जनाइएको छ ।


