सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो
काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो। चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्


