पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो
काठमाडौं। डिजेल र पेट्रोलको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो।
निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२ १०:२७
प्रतिक्रिया दिनुहोस्


