Lumbini Rise
कालीकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

जुम्ला- जुम्लाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो ।

 

 

दुर्घटनामा परी हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मर्चीगाउँका २६ वर्षीय एम्बुलेन्स चालक शक्तिबहादुर शाहीको मृत्यु भएको कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीले जानकारी दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि ७१ वर्षीय बुबा कलबहादुर अधिकारीलाई नेपालगञ्ज लैजाने क्रममा छोरा भीमबहादुरको सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update