Lumbini Rise
बुटवलको 'द कन्सेप्ट' नजिक दुई युवामाथि चक्कु गर्ने  पक्राउ

बुटवल - बुटवल प्रहरीले विभिन्न अपराधका घटनामा संलग्नलाइ पक्राउ गरी कारवाही अगाडि बढाएको छ । यसैक्रममा  कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरी छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा समेत भाइरल बनेको बुटवलको कालिकानगरस्थित द कन्सेप्ट नजिक दुई युवामाथि चक्कु प्रहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–११, बुद्धनगर निवासी २९ वर्षीय सुमित गुरुङ (आचे) लाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

 

घटना गत असार १७ गते बिहान करिब ३ बजे कालिकानगरस्थित द कन्सेप्ट अगाडि सडकमा भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीका अनुसार गुरुङले स्थानीय १८ वर्षीय गिरिजेश राना र २३ वर्षीय सुन्दर बगालेमाथि धारिलो हतियार (चक्कु) र हेल्मेट प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटनापछि फरार रहेका गुरुङलाई प्रहरीले असार २० गते दाङको तुलसीपुर उपमहानगरपालिका–१९, बिजौरीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुरुङ यसअघि कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरी २०८० साल असोजमा कारागारबाट छुटेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा आफ्नी केटी साथीलाई लिएर भएको सामान्य विवादपछि झगडा चर्किएको र त्यसक्रममा चक्कु प्रहार भएको खुलेको प्रहरी उपरीक्षक शाहीले बताए ।

साथै मोटर साईकल चोरी गर्ने तथा गरगहना चोरी (स्न्याचिङ) गर्ने युवाहरुलाई समेत प्रहरीले पक्राउ गरि सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update