कमल थापा र दीपक सिंह सहित ७ जना रिहा

काठमाडौं – पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंह सहित ७ जना रिहा भएका छन् । राजावादी प्रदर्शनका क्रममा आइतबार दिउँसो प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो । पक्राउ परेकामध्ये एक जना भने हिरासतमै छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ २१:५३
प्रतिक्रिया दिनुहोस्