Lumbini Rise
१८ लाखको भन्सार छलीका सामान बरामद 

बुटवल – रुपन्देही प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको भन्सार छली चोरी पैठारीका १८ लाख २१ हजार बराबरको सामान बरामद गरेको छ ।  रुपन्देही मायादेवी गाउँपालिका वडा नं.६ मोतीपुरबाट लु २ च ७३२१ न.को पिकअपमा अवैध रूपमा ल्याउँदै गरेको २ भैँसी ,१ पाडा र  १ पाडी सहित गाडी चालकलाई नियन्त्रणमा लिइएको हो ।

\अवैध रूपमा सामान ल्याउँदै गरेको पिक अप र चालक रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ३ सिसहनिया बस्ने वर्ष २६ को धिरेन्द्र प्रसाद मल्लाहलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति आइतबार  सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बाट  लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न. ३ र  ४ बाट डाटा केवल २ प्याकेट, मिनी अटो साउन्ड बस१० पिस, एयरबोट २६ पिस, स्मार्ट घडी १९ पिस, सादा मोबाइल १ थान, चिनी ७५० के।जी।, बोइलर कुखुरा ४० पिस,  लु २७ प १४२४ नं. को  मोटरसाइकल एक लाख ६९ हजार बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले बताए ।

यसै गरी इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ६ बेथरीपुल स्थितबाट लु २ च ३६७४ नं।को पिक अप गाडीमा अवैध रूपमा ल्याउँदै गरेको भैँसी ४ वटा,पाडी १ वटा  र चालक जिल्ला रुपन्देही देव दह न.पा.का २६ वर्षीय विशाल चौधरी, पिकअपमा सवार वर्ष ३६ को रजिन्दर यादव समेतलाई भन्सार कार्यालयमा पठाइएको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update