Lumbini Rise
एमालेलाई निर्णायक शक्ति बनाउन्छौं : ओली 

 

बुटवल– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए। उनले १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र पार्टीको एकता आवश्यक रहेको बताए।

उनले सही नीति, रणनीति र कार्यान्वयनमार्फत लोकतन्त्रको रक्षा र विकासमा पार्टीको भूमिका महत्वपूर्ण रहेको बताए। २५ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् ।

अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र तयसपछि आफूहरू मिसन ८४ मा लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अब १३ महिनापछि फेरि हामी नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौं । र हामी सरकारमा सामेल रहन्छौं,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

उनले हिजो दुनियाँमै कम्युनिस्ट र समाजवादी आन्दोलन धरापमा परेको बेलामा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलन रक्षा गरेको बताए ।अहिले पनि विपक्षीदले अनेक जालझेल गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले एकता, फेरि एकता र सुदृढ एकता आफूहरूको आवश्यकता रहेको बताए ।

आफूहरूको अगाडि आएका चुनौतीबारे पनि जानकारी रहेको बताउँदै उनले सही र सफल कार्यान्वयन आजको आवश्यकता भएको बताए । गणतन्त्रको रक्षा गर्ने, सुदृढ गर्ने र यसलाई गतिशील ढंगले सही बाटोमा अघि बढाउने जिम्मेवारी नेकपा एमालेको रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update