रास्वपाका सांसदको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं – प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
वेल घेरेर रास्वपाले निरन्तर नाराबाजी गरेपछि सभामुखले आजै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरे ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १४:४४
प्रतिक्रिया दिनुहोस्