प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीमा एक तीर्थयात्रीको मृत्यु
दर्शनका लागि आएका भारत उत्तर प्रदेश, सिद्धार्थनगरका ६५ वर्षीय राजेन्द्र पासी आइतबार राति भिङीकोट नजिक अचेत भई ढल्नुभएको थियो ।

प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीमा एक तीर्थयात्रीको मृत्यु भएको छ । दर्शनका लागि आएका भारत उत्तर प्रदेश, सिद्धार्थनगरका ६५ वर्षीय राजेन्द्र पासी आइतबार राति भिङीकोट नजिक अचेत भई ढल्नुभएको थियो ।
उहाँलाई तत्काल उपचारका लागि बिजुवार अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले जानकारी दिनुभयो ।
पासी मुटुसम्बन्धी औषधी सेवन गर्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।मृतकको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १२:३०
प्रतिक्रिया दिनुहोस्