बुटवल योगीकुटी ग्रिडमा आगलागी, बुटवल क्षेत्रमा विद्युत अवरुद्ध

बुटवल - नेपाल विद्युत प्राधिकरणको बुटवलस्थित योगीकुटी सवस्टेशनमा मँगलबार साँझ विद्युत सर्ट भई आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको छ ।
योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।
विद्युत सर्ट भएपछि योगीकुटी ग्रिड अन्तरगतका क्षेत्रमा विद्युत अवरुद्ध हुँदा त्यस ग्रीड अन्र्गतको क्षेत्रमा अन्धकार छाएको छ । दमकल र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ग्रीडमा भएको क्षतिको विवरण आइसकेको छैन ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ २२:१०
प्रतिक्रिया दिनुहोस्