बुटवल– लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको सोह्रौ बैठक अहिले शुर भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरुमाथि सासदहरुले दलीय रुपमा धारणा राखिरहेका छन् ।
छलफल पश्चात उठेका प्रश्नहरुको बिषयमा मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
बुधबार आर्थिक बर्ष २०८२–०८३ को बजेट पारित गर्ने सरकारको तयारी रहेको छ । मंगलबार मुख्य प्रतिपक्षी नेकपा माओवादी सहित चार दललले बहिष्कार गरेपनि सत्तापक्षमै रहेका लोसपा र जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गराएर विपक्षी बेञ्चमा राखेर बजेटमाथि छलफल शुरु गराइएको थियो ।