Lumbini Rise
पूर्वपश्चिम राजमार्गको विनयी खोलाकाे नयाँ पुल सञ्चालन

बुटवल - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण भएकाे नयाँ पक्की सडक पुल विहिबार (आज) देखि सञ्चालनमा आएको छ । पक्की पुल ६ महिनाअघि भाचिएपछि नयां पुल बनाएर यातायात सञ्चालन गरिएकाे हाे । 

 गत पुस ६ गते दुम्किबास स्थित  विनयी खाेलामा पुल भत्किएपछि खाेलाबाट डाईभर्सन गरि यातायात चलाउनुपरेकाे थियाे । डाईभर्सन पटक पटक खाेलाले बगाएपछि पूर्व पश्चिमकाे यात्रा निकै कष्टकर बन्दै आएकाेमा अब सहज हुनेछ । 
नयाँ पुल सञ्चालनमा आएकाले अब सडक अबरूद्व नहुने  बुटवल नारायणगढ सडक आयाेजनाले जनाएकाे छ । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update