Lumbini Rise
मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु

मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार राति ११ः२० बजे दुर्घटना हुँदा ४५ वर्षीय झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका धनुषा जनकपुर ४ बस्ने झाको उपचारका लागि हेटौँडा अस्पताल पठाएकोमा उपचारकै क्रममा चिकित्सकले राति २३ः५० बजे मृत घोषणा गरेको जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update