Lumbini Rise
नाउपाद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता


बुटवल- नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमाथिको पनि समर्थन फिर्ता लिएकाे छ ।  संसदीय दलका नेता धर्म चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई मेल मार्फत समर्थन फिर्ता पठाईएकाे बताएका हुन् । 

लुम्बिनी प्रदेशमा नाउपाबाट ४ सांसद छन् । केन्द्रीय समितिले संघीय सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै लुम्बिनीमा पनि संसदीय दलको बैठकले समर्थन फिर्ता निर्णय गरेको थियाे । 

नाउपाले एमालेबाट मुख्यमन्त्री बनेका चेतनारायण आचार्यलाई गत साउनदेखि समर्थन गर्दै आएको थियो । तर, संघ र सुदूरपश्चिममा सरकारबाट बाहिरिएसँगै लुम्बिनीबाट पनि नागरिक उन्मुक्ति बाहिरिएकाे हाे । नागरिक उन्मुक्तिका ससंदीय दलका नेता धर्मबहादुर चौधरीले सरकारबाट बाहिरिएकाे संसदीय दलका नेता चाैधरीले बताए । 

अहिलेकै अवस्थामा ८६ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री आचार्यलाई ६५ जनाको समर्थन रहेको छ ।  जनमतकी प्रदेशसभा सदस्य गीता गुरूङ पदमुक्त भएपछि अहिले लुम्बिनी प्रदेशसभा ८६ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ताको पत्र बुझाएपछि ६१ जनाको समर्थन आचार्यलाई रहने छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update