-1752126359.jpg)
बुटवल-किसानलाई आधुनिक प्रविधिसगँ जोडेर उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका– ६ का ४० कृषकलाई अनुदानमा कृषि यान्त्रिकरण वितरण गरिएको छ ।
आर्थिक वर्ष २०८१र०८२ को लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयको स्वीकृत १० लाख बजेटअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा कृषि यान्त्रिकरण वितरण गरिएको हो ।
कृषकको आवश्यकतालाई ध्यानमा राखेर उनीहरुको माग अनुरुप मिनिटिलर, मिनिसेलर, चापकटरलगायतका उपकरण वितरण गरिएको सुनवल नगरप्रमुख विमला अर्यालले बताए।
उहाँका अनुसार यस आधुनिक उपकरणले लागत घटाउने, उत्पादनमा वृद्धि गर्ने, खेतीपातीमा सहजतादेखि किसानलाई काम गर्न उत्साह प्रदान गर्नेछ । वडा नम्बर ६ मा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था र सर्वाङ्गीण कृषि सहकारी संस्थासगँ समन्वय र सहजीकरण गरी किसानलाई कृषि यान्त्रिकरण वितरण गरिएको वडाध्यक्ष हेमलाल शर्मा चापागाईले बताए ।
उहाँले वितरण गरिएको आधुनिक कृषि उपकरणको समय समयमा सुनवल कृषि शाखाबाट अनुगम गरिने हुँदा दुरुपयोग नगर्न समेत कृषकलाई आग्रह गर्नुभयो । उपकरण पाएसँगै कृषकहरु समयमै काम गर्न सकिने हुँदा उत्पादनमा वृद्धि हुनसक्ने विश्वास लिएका छन् ।
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले कृषिलाई प्राथमिकतामा राखेर निर्भाहमुखि खेतीलाई विस्तारै विस्तापित गर्र्दै व्यवसायमुखी बनाउन निरन्तर लागिएको सुनवल नगरपालिकाले जनाएको छ ।