त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

बुटवल-इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ ।
अङ्ग नभएको अवस्थामा अन्दाजी ४५र५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
उक्त शव गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२ १६:२६
प्रतिक्रिया दिनुहोस्