Lumbini Rise
नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि

बुटवल-नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । 

जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update