Lumbini Rise
गोली प्रहार गरी युवतीको हत्या

विराटनगर - सुनसरीको हरिनगर गाउँपालिका(६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका(६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत९१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update