Lumbini Rise
लागुऔषधसहित एक जना पक्राउ

धनगढी-कैलाली प्रहरीले नौ ग्राम ३५० मिलिग्राम लागुऔषध ९खैरो हेरोइन० सहित एक युवकलाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–३ भन्सार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–८ का ३१ वर्षीय उमेश चौधरी छन् ।

भन्सार एरियामा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धान शाखाका गणेश नाथले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लागुऔषधको ओसारपसार तथा कारोबार बढेपछि जिल्ला प्रहरी कार्यालयले लागु औषध नियन्त्रण कार्यविधि लागू गरेर नियन्त्रणको काम गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update