Lumbini Rise
सुनचाँदीको मूल्य बढ्यो

बुटवल-नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य १५ रुपैयाँ वृद्धि भएको हो । 

जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार २८० रुपैयाँ कायम भएको छ । 

यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० र चाँदीको २ हजार २६५ रुपैयाँ कायम भएको थियो । 


 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update