Lumbini Rise
एमाले पोलिटब्यूरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल

काठमाडौँ- साउन ३  गते । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को पोलिटब्यूरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ ।

हालसम्म ३२ जना पोलिटब्यूरो सदस्यले प्रतिवेदनमा आफ्ना धारणा प्रस्तुत गरे । अब ४० जना सदस्यले बोल्न बाँकी छ । 

 सचिवालय बैठकबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पोलिटब्यूरो बैठकले अनुमोदन गर्ने उहाँले जानकारी दिए। 

आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने कार्यक्रम छ। 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update