Lumbini Rise
मुग्लिन-नारायणगढ सडकमा हिँडिरहेको कारमाथि ढुंगा खस्यो, ३ जना घाइते

बुटवल -मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै हिँडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।

उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ ।

उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।

दुर्घटनालगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ । चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी छ ।


 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update