Lumbini Rise
अध्यक्ष ओलीसँग भेट गर्न पूर्व राष्ट्रपति भण्डारी च्यासलमा

काठमाडौँ- नेकपा ९एमाले० का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुग्नुभएको छ ।

आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेर पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग भेट गर्न लाग्नुभएको हो । 

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

एमाले पोलिटब्युरो बैठकले शनिबार परिमार्जनसहित पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको छ ।

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय र उहाँको सक्रिय राजनीतिमा आउने विषयलाई लिएर पार्टीको बैठकमा गम्भीर छलफल भएपछि उहाँले अध्यक्षसँग भेट गर्न लाग्नुभएको हो ।

आगामी केन्द्रीय कार्य समितिको बैठकले सो विषयलाई छलफलसहित अनुमोदन गर्ने नेताहरूको भनाइ छ । 

पूर्व राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय राजकुमार राईले पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए। 

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान मस्यौदामा उमेर हद ७० वर्ष  र दुई कार्यकाल व्यवस्थालाई खारेज प्रस्तावलाई पोलिटब्युरो बैठकले अनुमोदन गरिसकेको छ । 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update