
काठमाडौैं - एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ ।
पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले कार्यालय च्यासलमा ओली र भण्डारीबिच झन्डै दुई घण्टा छलफल भएको हो ।
भेटपछि पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद भएको बताएकी छन् ।
भेटवार्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यस्तो बताएकी हुन् । उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम आधिकारिक च्यानलबाट हुने समेत बताइन् ।
पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आज ओली र भण्डारीबिच छलफल भएको हो ।