Lumbini Rise
वेस्टर्न मेगा कलेज, बुटवलद्वारा मन्दिर सरसफाई तथा तिर्थालु सेवा कार्यक्रम सम्पन्न

बुटवल - लुम्बिनी प्रदेश बुटवल—१५, ढवाहा, स्थित वेस्टर्न मेगा कलेजको बि।एच।एम चौथो र छैठौँ सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले सोमबार बुटवल–१४, रुपन्देही, नयाँगाउँमा अवस्थित मुक्तीनाथबाबा धाम मन्दिर तथा सैनामैना–०४ स्थित बोलबमधाममा सर–सफाई तथा तिर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन् । 

श्रावण महिनाको पहिलो सोमबार मन्दिर वरपर रहेका ठाउँहरुमा सरसफाई गर्नका निम्ती यो कार्यक्रम गरिएको तथा यस पश्चात श्रावण १२ गते पाल्पा दोभान स्थीत सिद्धबाबा मन्दिर, श्रावन १९ गते जानकीनगर स्थीत श्री सिद्धेश्वरनाथ शिव मन्दिर र नयाँमिल स्थीत दुर्गा मन्दिररशिव मन्दिर र श्रावन २६ गते भैरहवा स्थीत मोक्षधाम र बसदिलवा शिव मन्दिरहरुमा सरससफाई गर्ने कार्यक्रम रहेको छ । 

अध्ययन अध्यापन बाहेक विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान र सामाजिक जिम्मेवारीको पनि प्रतक्ष्य बोध गराउने उद्धेश्यले यस्ता कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडी बढाईएको कुरा यस कलेजका प्राचार्य अधिवत्ता किसु शर्माले जानकारी गराए ।

उक्त कार्यक्रममा कलेजमा कार्यरत शिक्षक कर्मचारीहरुको उल्लेखनिय समावेश रहेको थियो । साथै यस कलेजमा स्नातक तहमा बि।एच।एम र स्नाकोत्तर तहमा एम।बि।ए अध्ययन हुने र वर्ष २०८२ भर्ना खुलेको जानकारी गराए । 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update