Lumbini Rise
माओवादीकै कारण राजनीति अस्थिर भयो : विप्लव

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द'विप्लव'ले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । राजनीतिक अवस्था लथालिंग र कम्युनिष्ट कार्यकर्ताहरू अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटी रहेको आरोप लगाए ।

‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरूमा माओवादीको सबैभन्दा ठूलो दोष छ,’ उनले भने ।

उनले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरुलाई नरहेको पनि बताए ।स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update