Lumbini Rise
दाङमा सर्पको टोकाइबाट एकको मृत्यु

दाङ -दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

आज बिहान उनलाई घरभित्र सर्पले टोकेको थियो। यादवको उपचारका क्रममा आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ।

शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए। 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update