
काठमाडौँ-अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने भएको छ ।
नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै अब कुनै अवरोधबिना परियोजना सञ्चालन हुने भएको हो ।
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको अमेरिकास्थित एमसिसी कार्यालयले जनाएको छ ।
नेपाल सरकारलाई उक्त निर्णयबारे जानकारी दिइएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
५० करोड अमेरिकी डलर बराबरको एमसिसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९।७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्धनमा टेवा पुग्ने विश्वास नेपालस्थित अमेरिकी दूतावासले व्यक्त गरेको छ ।
अर्थ मन्त्रालयले पनि उक्त कुराको पुष्टि गरेको छ । गत जनवरी २० मा अमेरिकी सरकारको कार्यकारी आदेश अनुसार पुनरवलोकनका लागि स्थगन गरिएको थियो ।
गत शुक्रबार पुनरवलोकन कार्य समाप्त भएको र नेपाल सम्झौताको निरन्तरताका लागि अमेरिकाबाट सिफारिस प्राप्त भएको मन्त्रालयले प्रस्ट पारेको हो ।