Lumbini Rise
नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता

नवलपुर- चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् । मङ्गलबार बिहान ६ः०५ बजे नारायणीको पुलबाट हाम फालेर युवा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

अन्दाजी १८÷२० वर्षका युवाको नाम ठेगाना खुल्न नसकेको ढकालले बताए । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आइआरटी पोस्टबाट ७ जनाको टोली परिचालन गरिएको उनको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update