Lumbini Rise
कांग्रेस–एमाले छलफल सकियो, मन्त्री हेरफेरबारे भएन छलफल 

काठमाडौं– सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । विहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक  हो ।

बैठकमा संसद्मा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।  बैठकमा विशेषगरी कानून संशोधनकै विषयमा केन्द्रित भएर नेताहरूबीच छलफल भएको हो । मन्त्रिपरिषद् हेरफेरबारे भने बैठकमा छलफल नै भएन । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update