
बुटवल – कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ । लुम्बीनीसहित कोशी, मधेश गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार शुक्रवार यता देशका धेरै ठाउँमा पानी परेको छ । गएराति पनि देशका धेरैजसो ठाउँमा वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै धनुषामा ७४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।
तराइमा लामो समयको खेडेरीपछि परेको बर्षाका कारण राहात महसुस गराएको छ । रुपन्देही, कपिलबस्तु, नवलपरासी सहित तराईका जिल्लामा बर्षा भइरहेको छ ।
यस्तै रौतहट, मकवानपुर, बारा, पाल्पा, गुल्मी, बागलुङ, दाङलगायतका जिल्लामा पनि पानी परेको छ । आजराती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए । मौसमी सूचनाको सही जानकारी लिएर मात्रै यात्रा गर्न र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।