Lumbini Rise
नारायणगढ बुटवल सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत


बुटवल - नारायणगढ(बुटवल सडक निर्माणको सरदार भौतिक प्रगति ७० प्रतिशत रहेको छ । नारायणगढ(बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३।५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९।८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ ।

योजनाले कुल लम्बाईको झण्डै ८८ प्रतिशत पक्की सडक निर्माण सम्पन्न भइसकेको छ भने मुख्यतः दाउन्ने र घोडाहा क्षेत्रको केही भागमा पक्की हुन बाँकी रहेको जानकरी दिएको छ ।

हाल बर्षाको समय भएता पनि मौसमले साथ दिईरहेको कारण दाउन्ने क्षेत्रमा ढलानको कार्य तिब्र गतिमा भइरहेको सडक योजनाले जनाएको छ  । यसैबीच यस सडक खण्डको म्याद अन्तिम पटक एक वर्षको लागि थप गरिएको छ ।

२०८२ साउन ८ गते सकिएको म्याद एक वर्ष थप गरी ०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो । 

नारायणगढ बुटवल सडक योजनाले यसलाई अन्तिम पटक भनेको छ । अब २०८३ को साउन ७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने अन्तिम समय तोकिएको छ ।

ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको सडक योजनाले जानकारी दिएको छ । 

यस सडक खण्डको सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड २०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि सडकको निर्माण सम्पन्न नहुदा हरेक दिन लाखौं यात्रुले सास्ती बेहोर्नु परेको छ ।

योसहित सरकारले यस सडकखण्ड निर्माणको म्याद चौथो पटक थपेको हो ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update