Lumbini Rise
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

स्याङ्जा- अर्जुनचौपारी गाउँपालिका–२ बासकोटमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले दुर्घटनामा स्थानीय ६२ वर्षीय को शिल वहादुर कार्कीको मृत्यु भएको बताए । 

भित्री सडक खण्डको अर्जुन चौपारीबाट घर जाने क्रममा ग ८ प २५७ नम्बरको मोटरसाईकल चिप्लिएर नालीमा डुबेको र आफ्नै मोटरसाईकलले च्पापिएर मृत्यु भएको चौधारीले बताए। 

चौधारीले डुबेकालाई नालीको पानी बन्द गरी हेर्दा कार्की भएको आफ्नै कान्छो भाईबाट पहिचान भएको बताए। कार्की नेट तथा केबुलको गर्ने काम गर्नु भएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update