सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं -नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
यसअघि गत बैशाख ९ गते सुन तोलाको एक लाख ९७ हजार ९०० मा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२५५ मा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ १३:५८
प्रतिक्रिया दिनुहोस्