Lumbini Rise
बुटवल न्यू दुर्गानगरको कुलोमा खसेका अनिल चार दिनसम्म पनि भेटिएनन्, आफन्तकाे रुवाबासी!

बुटवल–बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाई चार दिनदेखि वेपत्ता भएका छन् । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाईको वेपत्ता भएका हुन् ।

दुर्गानगर स्थित तिनाउ नदीबाट मोतिपुर नहरपुर क्षेत्रका लागि लगिएको नहरमा बाढी आएकाले मोटरसाईकल सहित दमाई खसेको अनुमान गरिएको छ । नहरमा अनिलले चलाएको मोटरसाईकल भेटिएको छ । 

स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास जारी राखेपनि बाढीसँगै बगेका ती व्यक्तिलाई भेटाउन नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले खोजतलास भइरहेपनि व्यक्ति पत्ता लाग्न नसकेको बताए । 

वडासदस्य शाही भन्छन्–‘कुलो सुकाउन सकिएन, नगरको सहयोग भएन’

बुटवल उपमहानगरपालिका वडा न. ११ का वडासदस्य नहकुल शाही आफैले नहरको पानी बन्द गराएर खोजविन गर्दा पनि पत्ता नलागेको बताएका छन् ।

nahakul-1754390235.jpg
उनले दमाईले प्रयोग गरेको मोटरसाईकल पत्ता लागेको भएपनि मान्छे फेला पार्न नसकेको बताए । उनले तिनाउबाट आएको कुलो समयमा सुकाउन नसक्दा बगेका मान्छेको अवस्था पत्ता लगाउन नसकेको सामाजिक सञ्जालमा लेखेका छन् ।

‘बुटवल ११ न्यु दुर्गा नगरका जुठे दमाईको  खोजीको लागी उनको श्रीमती आफन्त जन रोइरहेको छ,  नेपाल प्रहरी र सशस्त्र प्रहरीले थाहा पाउदा आउदा  बुटवल नगर पालिकाले नगर प्रहरी पठाउँदैन, ट्याक्टर–डोजर मरेको कुकुर बिराला गाई गोरु गाड्ने बोक्ने पठाउछ,जेसिबी समेत छैन’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्–‘कुलो सुकाउन सकिन्थ्यो, आज ४ दिन भयो मान्छेको अत्तोपत्तो छैन ।

खोजी कार्यमा स्थानीय सरकार बुटवल उपमहानगरको चासो रहेन ।’ चार दिनदेखि अवस्था नभेटिएपछि आफन्तहरु अतालिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update