Lumbini Rise
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया - ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका(६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update